चनद्रागिरिको कबाड कारखानामा आगलागी

आगो नियन्यत्रणका लागि ७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकर प्रयोग भएको थियो।


२३ फागुन, काठमाडौं । चन्द्रागिरी नगरपालिका–१० बोसीगाँउ स्थित एक कबाड कारखानामा आगलागी भएको छ। आज राती अन्दाजी साढे १ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

जग्गा भाडामा लिएर रमेश पोदारले सञ्चालन गरेको आर.एम.बि.प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखाना)मा अचानक आगलागी भएको जनाइएको छ।

आगो नियन्यत्रणका लागि ७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकर प्रयोग भएको थियो।

आगलागीका कारण कवाड कारखाना जली नष्ट भएको र क्षतिको विवरण आउन बाँकी नै रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *