साँखुको अनाथालयमा टिपर पस्यो, ३ जनाको मृत्यु

उक्त अनाथालय युबराज थापाले संचालन गर्दै आएका छन्। टहरामा जम्मा ६१ जना बस्छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए।


२३ फागुन, काठमाडौं । साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ः४० मा द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा उक्त घटना भएको साँखु प्रहरीले जनाएको छ।

त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए ।

‘हामीले नै नाम राखिदिएको आकाश र सुमन घटनास्तथलमै रहेनन्, अर्का एक जना बाजे हरिजन गम्भिर घाइते हुनुहुन्थ्यो । उहाँको पनि अस्पतालमा दुःखद निधन भयो,’ थापाले भने ।

टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची–१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्।

उक्त अनाथालय युबराज थापाले संचालन गर्दै आएका छन्। टहरामा जम्मा ६१ जना बस्छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए।

मृतकको माथि उल्लेखित नाम संस्थाले नै राखेको हो। उनीहरुको अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ। टिपरको ठक्करबाट घाइते भएका ती व्यक्तिलाई तत्काल उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको थियो। तीनै जनालाई अस्पतालले मृत घोषणा गरेको हो।

टिपर र चालकलाई हाल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *