प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए ।


२४ फागुन, काठमाडौं । आफू प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् ।

रौतहट गरुडा नगरपालिका–८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *