फेब्रुअरीमा ‘युट्युब चार्ट’मा एलिना र दुर्गेश बने धेरै हेरिने नेपाली संगीतकर्मी

फेब्रुअरी ४ देखि मार्च ३ सम्मको ‘युट्युब चार्ट’को डेटाअनुसार, एलिना चौंथो स्थानमा छिन् भने दुर्गेश छैटौं स्थानमा छन् ।


काठमाडौं । एलिना चौहान र दुर्गेश थापा पछिल्लो एक महिनामा युट्युब चार्टमा नेपालभित्र धेरै हेरिने/सुनिने नेपाली संगीतकर्मी बनेका छन् । पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले यी दुईलाई चार्टमा माथि ल्याएको हो ।

फेब्रुअरी ४ देखि मार्च ३ सम्मको ‘युट्युब चार्ट’को डेटाअनुसार, एलिना चौंथो स्थानमा छिन् भने दुर्गेश छैटौं स्थानमा छन् । पहिलो स्थानमा भारतीय गायक अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रो उदितनारायण छन् । उदितपछि चार्टमा एलिना छिन् ।

३ करोडभन्दा धेरै पटक हेरिएको ‘दुश्मन हेरेको हेर्‍यै’मा एलिना र दुर्गेशले सहकार्य गरेका छन् । पछिल्लो समय डिभोर्सको कारण चर्चामा आएकी एलिनाका अन्य गीतहरू बटौली मुन्तिर, हर हर महादेव, एक्लैपनि जिन्दगी, आमा, पानी घट्टामा पनि धेरै हेरिएका गीतको सूचीमा छन् ।

गीतसँगै दुर्गेश अन्य कारणले पनि विवाद र चर्चामा आइरहन्छन् । युट्युब चार्टमा उनको गीत ‘दुश्मन हेरेको हेर्‍यै’बाहेक बम बम भोले, रिसको बेलामा, कि दुर्गेश रेलैमा धेरै हेरिएका, सुनिएका गीतअन्तर्गत पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *