भोलि पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गरिने

२ मंसिर, काठमाडौं । आइतबार पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
भाञ्जा सुुरज भट्टराईले वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिए । उनका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् भने अर्का छोरा निशेष र छोरी नीतिका नेपालमै छन् ।
ढुंगानाको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि भट्टराईका अनुसार
कतै नराखिने भएको छ ।
आइतबार दिउँसो कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा निधन भएको थियो ।