आर्मीले बागमतीलाई दियो २६३ रनको लक्ष्य

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो ।


२६ फागुन, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २६३ रनको बलियो लक्ष्य प्रदान गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो ।

आर्मीका लागि ओपनर ब्याटर सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए । उनले ९८ बलमा १० चौका र १ छक्का प्रहार गरेका हुन् । अर्का ओपनर तिर्थराज दासले ३६ रन बनाए ।

विवेक यादवले ३० रन बनाए । कुशल मल्ल २६ रनमा क्याच आउट भए । कप्तान विनोद भण्डारी ४७ रनमा र आकाश चन्द १ रनमा अविजित रहे । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि रिजन ढकाल, इशान पाण्डे र प्रतिश जिसीले समान २–२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए । बागमतीले प्रतियोगिताको पहिलो खेलमा एपिएफसँग हार बेहोरेको थियो । आर्मीको भने यो खेल प्रतियोगिताको पहिलो खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *