सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् ।

२६ फागुन, काठमाडौं । वर्तमान सरकारले काम गर्न नसक्दा नेकपा माओवादी केन्द्रले राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास सोमबार खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा उनीहरू (राजावादी) आशावादी भएका हुन्,’ सापकोटाले भने ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि आग्रह गरे ।

‘हामीले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेल्दै आएका हौं । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा कोही लागेको छ भने त्यो दिवासपना मात्रै हुन्छ,’ सापकोटाले भने ।

जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको उनको भनाइ छ ।

‘पहिला राजतन्त्रले, राजाले गरेका कुकृत्यबारेमा नेपाली जनताले अहिले पनि बिर्सिएका छैनन्,’ सापकोटाले भने, ‘नेकपा माओवादी केन्द्रका साथीहरू समाजवाद निर्माणको लाइनमा लागिसकेका छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *