प्रचण्डले भने प्रधानमन्त्रीको संसदमा अनुपस्थिति घमण्ड, संस्कारहीनता वा कुण्ठा ?

उनले संसद् सञ्चालनमा प्रतिपक्षीलाई दिइएको स्पेसबारे पनि गम्भीर हुन सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् ।


२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्री निरन्तर अनुपस्थित भएकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।

यसअघि पनि प्रचण्डको सम्बोधनमा प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

त्यसप्रति आपत्ति जनाउँदै प्रचण्डले भनेका छन्, ‘प्रमुख प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि ? संस्कारहीनता हो कि ? कुण्ठा हो ? त्यसको जवाफ पनि आफैं खोज्नुहोला ।’

उनले संसद् सञ्चालनमा प्रतिपक्षीलाई दिइएको स्पेसबारे पनि गम्भीर हुन सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *