नेप्से परिसूचकसँगै घट्ने क्रम अझै रोकिएन
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भयो ।
२७ फागुन, काठमाडौं । आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ। यसदिन नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा अडिएको छ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भयो ।
३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टरमा आकर्षण देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढ्यो ।