संसद्‍मा मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।


२८ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। नयाँ बानेश्वस्थित संसद् भवनमा जारी बैठकमा सरकारका मन्त्रीहरू सहभागी नभएपछि १५ मिनेटका लागि प्रतिनिधि सभाको नियमावलीअनुसार बैठक स्थगित गरेका हुन्।

संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।

त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *