भक्तपुरमा बाजागाजाको तालमा होली उत्सव

भोलि तराईका जिल्लामा यो पर्व मनाइन्छ ।


२९ फागुन, काठमाडौं । भक्तपुरका मुख्य पर्यटकीय स्थलहरू दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर लगायतमा नेपाली लगायत विदेशी पर्यटकहरूले रङ दलेर होली मनाएको छ ।

स्थानीय बाजागाजाका तालमा समूह समूहमा युवायुवतीहरू भेला भएर यो पर्व उल्लासका साथ मनाएका हुन् ।

विदेशी पर्यटकहरूले पनि एकआपसमा रङ दलेर यो पर्वलाई थप रौनक थपिदिएको थियो ।

नेपाली घुम्न आएका विदेशी पर्यटकहरूले नेपालीहरूसँगै होली पर्व मनाएका हुन् ।

विशेष गरेर काठमाडौं उपत्यका अन्तर्गत काठमाडौंको वसन्तपुर, ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र र भक्तपुरको भक्तपुर दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर लगायतमा हरेक वर्ष होली पर्वलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

विशेष गरेर नेपालका हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व मनाइएको हो । भोलि तराईका जिल्लामा यो पर्व मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *