सुनको भाउ इतिहासकै उच्च, तोलाको कति ?
छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

१ चैत, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।
यस्तै, चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।