पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा

भोलि (चैत ४) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको जानकारी गराएका छन् ।


३ चैत, काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य(मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले भोलि (चैत ४) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको जानकारी गराएका छन् ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।

पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको ललितपुर प्रशासनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *