नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन : प्रमुख सचेतक घिमिरे
घिमिरेले मुलुकको स्थायीत्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका हुन्।

४ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले मुलुकको स्थायीत्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका हुन्।
उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको उल्लेख गरे।