कविता लेख्दै प्रधानमन्त्री केपी ओलीले खोजे ‘भाइमारा र मूर्ति चोर’

ओलीले कवितामा ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब प्रयोग गरेका छन् ।


४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका छन् ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलनलाई समापन गर्दै कविता सुनाएका हुन् ।

ओलीले कवितामा ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता शब्द प्रयोग गरेका छन् ।

सिधै चोर भन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *