इराक लगेर मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
उनले इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर दुबई हुँदै इराक पुर्याएर मानव बेचबिखन गरेको आरोप छ ।

विभिन्न प्रलोभन देखाएर इराकमा लगेर मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का ३४ वर्षीय हिरा तामाङ रहेका छन्।
उनले इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर दुबई हुँदै इराक पुर्याएर मानव बेचबिखन गरेको आरोप छ ।
इराकमा बन्धक बनाएको अवस्थामा ५ फ्रेबुअरी २०२५ मा उम्कन सफल भए व्यक्ति नेपाल फर्केका थिए । उनैले जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर बताउँछन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।