आरआर क्याम्पस बाहिर विद्यार्थीले विरोध स्वरुप गरे मतदान

आजका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।


५ चैत, काठमाडौं । आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन् ।

एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो ।

चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले बताए ।

‘हामीले क्याम्पस अगाडि सडकमा नमूना मत मेटिका बनाएर मत हाल्यौं । हाम्रो मागलाई सम्बोधन गर्न भनेका छौं । मतपेटिकाको सुरक्षा गर्न प्रहरी प्रशासनलाई भनेका छौं,’ उनले भने ।

आजका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *