नवनियुक्त आईजी थापा: प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु

कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि उनले बताए ।


५ चैत, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुरू गर्ने बताए।

‘प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’, थापाले भने ।

सुधारको प्रारम्भ कोही व्यक्तिबाट नभइ आफैंबाट हुने पनि उनले बताए । ‘सधुारको प्रारम्भ कोही र कसैबाट होइन मभित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन । यसैतर्फ गतिशील रहन म मरो सहकर्मी लगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहान्छु । यसमा समन्वयतान्म भूमिकाका म निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गदर्छु’, उनले थपे ।

कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *