पाटन संयुक्त क्याम्पसमा झडप : ४ जना घाइते
बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।

पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ। वियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो ।
झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका छन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् ।
बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।
आजको मतदान स्थगित भए पनि अब कहिले गर्ने भन्नेमा सहमति भएको छैन ।