लाजिम्पाटमा बिजुलीको पोलमा लाग्यो आगो
आगलागी हुँदा केहीबेर सवारी आवगमन समेत अवरुद्ध भएको थियो ।

६ चैत, काठमाडौं । लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ ।
बुधबार दिउँसो लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवगमन समेत अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले अहिले भने आगो नियन्त्रणमा आइसकेको बताए ।
पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट कुनै ठूलो क्षति भने भएको छैन ।