महायज्ञको नाममा दलित परिवारको घर भत्काइयो, माटोसमेत खनेर फालियो

यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि फागुन १० गते डोजर लगाएर हाम्रो घर भत्काइदिए


७ चैत, काठमाडौं । सिरहामा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको छ । दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।

यही चैत १७ गतेबाट सुरु गर्न लागिएको सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

दीपककी श्रीमती अनिता मरिकले महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरुको घर भत्काइएको बताइन् ।

‘यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि फागुन १० गते डोजर लगाएर हाम्रो घर भत्काइदिए,’ उनले भनिन्, ‘त्यतिमात्र होइन, यहाँको दुई फिट माटो समेत खनेर हटाइयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *