गृहमन्त्री लेखकद्धारा देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन सुरक्षा निकायलाई निर्देशन
४ मंसिर, काठमाडौं । देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले ‘सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी छ’ भने ।
लेखकले मंसिर १६ मा हुनगइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन निकायका प्रमुखलाई निर्देशन दिए ।
उनले भने– तपाईंहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियाशील र सक्रिय भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन । उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशको शान्ती सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताए ।
उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे साथै उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभइ सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने बताए।