लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तत्काल तयारी छैन : प्रधानमन्त्री

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘‘अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ। ’


७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन् ।

राप्रपा सांसद बुद्धिमान तामाङले बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ?  भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ? ,’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘‘अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ। ’

प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गरे । उनले सोधेका छन्, ‘माननीयज्यूको योजना बनेको छ कि के हो ?  योजना बनेको भए राम्रो कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *