छाङ्गरु पुग्ने बाटो बनाउन ५ करोड बजेट निकासा भइसकेको छ : प्रधानमन्त्री

उनले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरूमा सडकमार्ग पुर्‍याउने काम भइरहेको दाबी गरे ।


७ चैत, काठमाडौं । दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणको काम भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जिकिर गरेका छन् ।

स्थानीयहरूको माग बमोजिम सडक निर्माणका लागि पाँच करोड बजेट निकासा भएको बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘‘हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरूले भने बमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’

उनले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरूमा सडकमार्ग पुर्‍याउने काम भइरहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *