आफ्नै पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई देखाइयो कालोझण्डा

बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।


७ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो ।

बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

प्रदर्शनमा उत्रिएका उक्त समूहका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *