लाइसेन्सको लिखित र ट्रायलका लागि रकम माग्ने १४ जना धरौटीमा रिहा

ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन देखाएर रकम माग गर्दै हैरानी गरेको प्रहरीले बताएको छ ।


७ चैत, काठमाडौं । काठमाडौंको गोकणेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन् ।

ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन देखाएर रकम माग गर्दै हैरानी गरेको प्रहरीले बताएको छ ।

१४ जना सो आरोपमा पक्राउ परेका १० हजार धरौटीमा रिहा भएका हुन् ।

अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यायल, काठमाडौंबाट धरौटी लिइ उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *