पूर्वराजा ज्ञानेन्द्र शाह सफल नहुने प्रचण्डको दाबी

राजासंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले संवैधानिक राजतन्त्रको माग गर्दै र्‍याली, जुलुस लगायतका गतिविधि गर्दै आएका छन् ।

११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक शासन व्यवस्थामा पनि वर्तमान राजनीतिक दल र तिनका नेताहरुप्रति जनतामा असन्तुष्टि रहेकाले त्यसको फाइदा उठाउने उद्देश्यले राजावादीहरु सक्रिय हुने प्रयासमा रहेको बताएका छन् ।

तर प्रचण्ड राजावादीहरु बीचमा फुट भएकाले उनीहरु सफल नहुने जिकिर गर्छन् । उनले भने, ‘१५–२० हजारको (ज्ञानेन्द्र शाहका समर्थकको) जुलुस के भएको थियो, राजावादीहरुमा अहिले कति गुट छन्, बाहिर तानातान भएको देखिएको छ ।’

राजासंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले संवैधानिक राजतन्त्रको माग गर्दै र्‍याली, जुलुस लगायतका गतिविधि गर्दै आएका छन् । तर प्रचण्डले उनीहरुको माग पूरा गर्न ‘असम्भव’ भएको बताए ।

प्रचण्डले भने ‘पहिलो त संविधानतः मिल्दैन यो । हामी जहाँ आइसकेका छौं, त्यहाँबाट पछाडि फर्किने हुनै सक्दैन,’ प्रचण्डले भने, ‘नेपालका सबै जाति, क्षेत्र, समुदाय उत्पीडित वर्गले जे अधिकार पाएका छन् त्यो खोस्नेतिर जान्छ यो, त्यो हुन सक्दैन । इम्पोसिबल ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *