तीनकुनेमा महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

१५ चैत, काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर,पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।