कारोबारसँगै बढ्यो सेयर बजार

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६ करोडको भयो ।


१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६ करोडको भयो । २२२ कम्पनीको मूल्य बढ्दा २२ को घट्यो ।

अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशत बढ् । व्यापार सेक्टर भने ०.२६ प्रतिशत घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *