हिरासतमा पुगेर लिङ्देनले भेटे मिश्र र राणालाई
मैले हिजो साँझ नै उहाँहरूलाई भेटेको हुँ,’ लिङ्देनले भने, ‘हाम्रो पार्टीका नेताहरू भएका कारण गएर अवस्था बुझेको थिएँ ।’

१७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँग भेट गरेका छन् ।
लिङ्देनले शनिबार साँझ उनीहरूलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए ।
जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेर उनले मिश्र र राणालाई भेट गरेका हुन् ।
‘मैले हिजो साँझ नै उहाँहरूलाई भेटेको हुँ,’ लिङ्देनले भने, ‘हाम्रो पार्टीका नेताहरू भएका कारण गएर अवस्था बुझेको थिएँ ।’
उनले भेटघाटमा भएका अन्य विषयबारे खुलाएनन् ।