प्रचण्डले दिए कोइरालालाई श्रद्धाञ्जली
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधानगर पुगेर प्रचण्डले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

१८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधानगर पुगेर प्रचण्डले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आइतबार निधन भएका कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका नेताले पनि समाजवादी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालाका छोरा कमल सानै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय भएका थिए । उनी राजदूतसमेत भएका थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।