दुर्गा प्रसाई,धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रा प्रतिबन्ध

प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा संलग्न १० जनालाई विदेश यात्रामा रोक लगाएको गृहस्रोतले बताएको छ।


१८ चैत, काठमाडौं । राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा गृहमन्त्रालयले प्रतिबन्ध लगाएको छ।

गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्।

प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा संलग्न १० जनालाई विदेश यात्रामा रोक लगाएको गृहस्रोतले बताएको छ। स्रोतका अनुसार गृहमन्त्रालयले विदेश यात्रामा प्रतिबन्ध लगाइएकाहरूमाथि निगरानी गर्न सबै अध्यागमन कार्यालय र नाकाहरूमा परिपत्र गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *