अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
दुई जना घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।

२४ चैत, काठमाडौं । अर्घाखाँचीको मालारानीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मालारानी गाउँपालिका ३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप (सिङगल क्याब) अनियन्त्रित भई दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन्।
दुर्घटनामा मालारानी ४ बस्ने अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन्।
दुई जना घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।
गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्लको भनाइ छ।