सीआईडीका एसीपी प्रद्युमनले छाडे शो
उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए ।

२४ चैत, काठमाडौं । भारतीय टेलिभिजनको सोनी इन्टरटेनमेन्ट टेलिभिजनले प्रसारण गर्ने लोकप्रिय शो ‘सीइआईडी’ बाट अभिनेता शिवाजी साटम बाहिरिएका छन् । भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ को २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ ।
उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए ।
सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक युगको अन्त्य, एसीपी प्रद्युमनको मायालु सम्झनामा‘ कहिल्यै बिर्सन नसकिने क्षति । रिप एसीपी ।’ यसको अर्थ, उक्त पात्रको भूमिकाबाट शिवाजी साटम बाहिरिएका छन् ।
केही दिनदेखि नै एसीपी प्रद्युमनको मृत्युको छायांकन गरिएकाले अभिनेता साटमले शो छाड्न लागेको चर्चा भैरहेको थियो । यो कुरालाई पुष्टि गर्दै टिभीले सामाजिक संजालबाट जानकारी दिएको हो ।