बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउने

नेपालमा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय कलाकारका शोबीच यो कार्यक्रम उत्कृष्ट हुने इभेन्ट म्यानेजर मनिष कार्की बताउँछन् ।


२४ चैत, काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आउने भएकी छन् । उनले जेठ ३ मा बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आफ्नो प्रस्तुति दिनेछिन् ।

फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएको आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार ‘नोरा फतेही लाइभ इन नेपाल’मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

वर्ल्डवाइर्ड फिल्मस् नेटवर्क प्रालिले शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘हुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागेको हो ।

मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ । नेपालमा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय कलाकारका शोबीच यो कार्यक्रम उत्कृष्ट हुने इभेन्ट म्यानेजर मनिष कार्की बताउँछन् । यसका लागि मुम्बईबाट नोरासहित २० बढी कोरस डान्सरहरू प्रस्तुति दिन नेपाल आउनेछन् ।

कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रुपमा युद्व बानियाँ र डिजिटल मार्केटिङ मनिष बखतीले हेरिरहेका छन् । टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ । दर्शकले आइतबारदेखि खल्ती एपबाट टिकट किन्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *