न्यायपरिषद्को बैठकले ११ जिल्ला न्यायाधीशको सरुवा
६ मंसिर, काठमाडौं । बुधबार बसेको न्यायपरिषद्को बैठकले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
यसै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।
बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर सरुवा गर्ने निर्णय गरेको छ ।