गृहमन्त्री लेखकले मन्त्री हेरफेरको कुरा हल्ला मात्र रहेको बताए


६ मंसिर, काठमाडौं । प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।

गृहमन्त्री लेखकले आजसम्म पनि मन्त्री हेरफेर गर्ने कुरामा कुनै छलफल नभएको बताए । प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने उनले बताए ।

लेखकले यो गठबन्धन २०८४ सम्मकायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर भएको सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *