टी-२० सिरिजमा कतारमाथि नेपालको सहज जित

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक/एक विकेट लिए ।


हङकङमा आजदेखि सुरु भएको  चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ। हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले १५१ रन बनाएको थियो। कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे । कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो ।

कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक/एक विकेट लिए ।

पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् ।

नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी-२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *