ताराखोला ३ का वडा अध्यक्ष भण्डारी मृत फेला

भण्डारी नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए।


२७ चैत, काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। आफ्नै घर नजिकको गोठ बाहिर रहेको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भण्डारी फेला परेका हुन्

बुधबार बिहान करिब ११ बजे भण्डारी नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए। प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि पठाएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *