डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु, ७ घाइते
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको एसपी शर्माले बताए ।

२८ चैत, काठमाडौं । डोटीमा बुधबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
मृत्यु हुोमा डोटीको सायल गाउँपालिका ६ दल्लेखका ३३ वर्षीया कमला नागरी भएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए ।
घटनामा कमलाका ४ सन्तान घाइते छन् । १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर घाइते भएका हुन् ।
यसैगरी स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते छन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको एसपी शर्माले बताए ।
बुधबार साँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा पनि चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको थियो ।