पिकनिक खान गएका दाजु-भाइ नारायणी नदीमा डुबेर बेपत्ता

'हराइरहेका बालकको खोजी भइरहेको छ ।हिजो राति अबेरसम्म पनि नभेटेएपछि आज बिहानैबाट खोज्ने काम भइरहेको छ,'प्रवक्ता नेपालले भने ।


३ वैशाख, काठमाडौं । पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का दुईजना बालक बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो नारायणी नदी र आरुङखोलाको संगम उल्टि दोभानमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

वेपत्ता हुनेमा १३ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल रहेका छन् । उनीहरूको खोजि जारी रहेको प्रहरीले जनाएको छ। ‘हराइरहेका बालकको खोजी भइरहेको छ ।हिजो राति अबेरसम्म पनि नभेटेएपछि आज बिहानैबाट खोज्ने काम भइरहेको छ,’प्रवक्ता नेपालले भने ।

उनले बालकहरूको खोजी कार्यका लागि गोताखोरको टोलीसँग समेत समन्वय भइरहेको जानकारी दिए । उनले भने,’गोताखोरको टोलीसँग पनि समन्वय भएको छ। नेपाली सेना प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य हुँदैछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *