सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ ।

३ वैशाख, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो । प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ ।
यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।
यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ ।
चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।