पहिरोले अरनिको राजमार्ग अवरुद्ध
पाँचखाल नगरपालिका–८ स्थित ५० किलो र ५१ किलो भन्ने ठाउँमा राजमार्ग अवरुद्ध भएको हो ।

४ वैशाख, काठमाडौं । अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
पाँचखाल नगरपालिका–८ स्थित ५० किलो र ५१ किलो भन्ने ठाउँमा राजमार्ग अवरुद्ध भएको हो ।
पाँचखाल नगरपालिका–८ का अध्यक्ष सन्जय तामाङका अनुसार, अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।
‘माथिबाट आएको लेदोसहितको पहिरोका कारण दुई ठाउँमा बाटो अवरुद्ध बनेको छ,’ तामाङले भने, ‘जेसीबीले अहिले लेदो पन्छाउने काम गरिरहेको छ ।’