धरानमा कार दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

घाइते तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए ।


सुनसरीको इटहरी–धरान सडकअन्तर्गत तरहराको जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको बागमती प्र–०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताए ।

दुर्घटनामा परी इटहरी उपमहानगरपालिका–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा परी कारका चालक सुनसरी रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी उपमहानगरपालिका– ४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटवाल घाइते भएका छन् । घाइते तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए । उनले घटनाको अनुसन्धान भइरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *