नेप्से ३२ अंकले घट्दा कारोबार रकम ७ अर्बमा झर्‍यो

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा अडिएको छ।


नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजारले आज पनि सोही दिशालाई निरन्तरता दिएको हो।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ र्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।

२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् ।

बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटे । उत्पादन समूह १ अंकमुनि हरियो रह्यो ।

दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युतको ४.३३, र विन्ध्यबासिनी हाइड्रोपावरको २.७० प्रतिशत बढ्यो ।

बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *