हामी आयौं


पछिल्लो विश्वले सबैभन्दा विश्वास, भरोसा र प्रयोग गरेको माध्यम बनेको छ, डिजिटल मिडिया एवं भर्चुअल माध्यम । जसको माध्यमबाट हामी नेपालीमात्र नभई विश्व बजारका सम्पूर्ण मानवजातिले पनि फड्को आभाष पाउन थालेको छ । सोही माध्यमलाई अनुशरण गर्नका लागि हामी पनि विश्वदैनिकडटकममार्फत् सञ्चारको जगतमा प्रवेश गरेका छैं ।

सूचना र समाचार प्रशारण एवं जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको विश्वदैनिकडटकमको माध्यमबाट तपाईं पाठक, विज्ञापनदाता एवं यस समाज अनि विश्वका हरेक जिम्मेवारजनहरुसँग यस खुशी एवं सुखद खबरसहित स्वागत गर्न पाउँदा हामी खुशीले हर्षविभोर भएका छौं ।

यस डिजिटल युगमा छिटो भन्दा पनि थप सत्यतथ्य र विश्वसनीयका साथै भरपर्दो बनाउने हाम्रो प्रयासमा यहाँहरुले सदैव साथ दिनुहुनेछ भन्ने विश्वास समेत लिएका छौं ।
पछिल्लो समय पत्रकारितालाई पर्चाकारिताले विस्थापित गर्न लागिरहेको यस परिवेशमा पत्रकारितालाई समाजकारिता र पाठकमैत्री बनाउने प्रतिबद्धतासहित उत्साहका साथ आगामी यात्रा सँगै गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा एवं विश्वास समेत लिएका छौं ।

हर्षका साथ पाठक, विज्ञापनदातामाझ लाखौं, करोडौं मन जोड्ने गरी विश्वदैनिकडटकमले सेवालाई थप चुस्त र सुदृढ गराउने हाम्रो प्रयासमा हजुरहरुको पूर्ण साथको कामनासमेत गरेका छौं । आम विज्ञापनदाता वर्गमा हजुरहरुको व्यवसायवृत्तिका लागि र हाम्रो कर्मप्राप्ति र समाजप्रतिको उत्तरदायीत्व बहनका लागि काँधमा काँध मिलाएर सहकार्य गर्दै अगाडि हिँड्ने थप अवसर प्राप्त गरिनेछ भन्नेसमेत अपेक्षा लिएका छौं ।

र, अन्त्यमा पक्कै पनि विश्वसँगै नेपाल अनि हजुरहरुको समाज, घर र स्वयं हजुरसँग पनि बाहिर आएका/नआएका सयौं कथाहरु छन् । कतिपय हजुरहरुकै कथा अहिलेसम्म मनमा मात्रै गुम्सिएर बसिरहेका होलान्, हजुरका सफलताका कथाहरू अक्षरमा थप सुहाउँदिला देखिएलान्, आउनुहोस् हामीसँगै बसेर भावना साटौं, त्यसलाई शब्द र चित्रमा यस दुनियाँसँग बाँडौं, जसले गर्दा हजुरको मन हलुका, पीडा कम अनि हजुरका सफलताका कथाहरू अक्षरमा रूपान्तरण गर्दै समाजलाई उदाहरणीय कथा सुनाउन सकौं, त्यसका लागि सहकार्य मात्र होइन हामी सहयात्रा नै गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *