उर्जा राज्यमन्त्री कान्छाराम तामाङको कम्पनी कालोसूचीमा


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यसैगरी बी.जी. निर्माण सेवा प्रालि पोखरा, पूजा कन्स्ट्रक्सन धनकुटा र साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *