माधव नेपालको ओलीलाई बीआरआई परियोजना स्वीकार्न सुझाव


१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुझाव दिएका छन् । उनले बीआरआई नेपालको हितमा रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताए ।

बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन त्यसैले नेपाल जस्तो देशले लाभ लिनुपर्ने नेपालले भने ।
बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’

यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चीनबाट ऋण लिन्न भन्नु आवश्यक नरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *