नागार्जुनमा भान्जाले गरे मामाको हत्या

सिन्धुली फिक्कल गाउँपालिका-५ घर भइ नागार्जुन रातामाटे बस्ने ४५ वर्षीय सन्तोष माझीको हत्या उनकै भान्जाले गरेको प्रहरीले बताएको छ ।


२१ वैशाख, काठमाडौं । नागार्जुन नगरपालिका-३ रातामाटेमा भान्जाले मामाको हत्या गरेका छन् ।

सिन्धुली फिक्कल गाउँपालिका-५ घर भइ नागार्जुन रातामाटे बस्ने ४५ वर्षीय सन्तोष माझीको हत्या उनकै भान्जाले गरेको प्रहरीले बताएको छ ।

हत्या आरोपमा भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङविरुद्ध आइतबार कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *