तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको हो । यीमध्ये ओम मेगाश्री आजैदेखि कारोबारमा आएको हो । जसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै अपरसोलु हाइड्रो इलेक्ट्रिकको ९.८४, तथा सपोर्ट माइक्रोफाइनान्सको ९.०४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रिभरफल्स पावरको ७.५५ तथा भूगोल इनर्जीको ६.१५ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा पनि हाइड्रोपावरको वर्चस्व रह्यो । रकमका आधारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर नै रहे । धेरै कारोबार भएका १० कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, अरुणभ्याली हाइड्रोपावर र एचआईडीसीएल छन् ।